मदन भण्डारीलाई ४ श्रीमती र सहकारी ठगीको आरोप ओलीले लगाए : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेभित्र गहिरिँदो वैचारिक, राजनीतिक र नेतृत्व संकटबारे टिप्पणी गर्दै चर्को आरोप लगाएका छन्। शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा उनले एमालेको वर्तमान अवस्था र नेतृत्व संकटबारे धारणा राख्दै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन्।

प्रचण्डले भने, अस्ति प्रधानमन्त्रीले मदन भण्डारीसँग सम्बन्धित एउटा स्मृति कार्यक्रममा मदन भण्डारीका ४ वटा श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भनेर कुरा सुरु भयो। यो प्रक्रिया अहिले पक्कै पनि गहिरिँदै गएको छ।

उनले एमालेमा देखिएको वैचारिक र नेतृत्व संकटबारे चिन्ता व्यक्त गर्दै थपे, मदन भण्डारी र जबज (जनताको बहुदलीय जनवाद) को आधारमा टिकेको एमालेमा अहिले उत्तराधिकारीको संकट देखिएको छ। यो संकट अझै बढ्ने संकेत मिलेको छ।

त्यसक्रममा उनले कांग्रेसको अवस्थासँग तुलना गर्दै भने, कांग्रेसमा पनि विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो समय गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरूको योगदान जस्तो वैचारिक र राजनीतिक नेतृत्व अहिले देखिँदैन। तर एमालेभित्र झन् ठूलो संकट छ।

प्रचण्डको भनाइ अनुसार पूर्व राष्ट्रपति विद्या भण्डारीले पनि आफूलाई मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न खोजिरहेको बताएका छन्।