आज यि स्थानमा हुनेछ वर्षा

rain mausam pani

काठमाडौं, २९ भदौ – आज मंगलबार बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखााका अनुसार भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय प्रणालीका कारण हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको हो ।

म‌ंगलबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति बागमती र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

बुधबार प्रदेश १, २ र बागमतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ।

समन्धित समाचार