गाजामा २४ घण्टामा भोकमरी र कुपोषणबाट १५ प्यालेस्टिनीको मृत्यु

युद्धग्रस्त गाजा पट्टीमा विगत २४ घण्टामा भोकमरी र कुपोषणबाट चार बालबालिकासहित १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरूले गाजाभरका विभिन्न अस्पतालहरूमा यो मृत्यु रेकर्ड गरिएको बताएका छन् । मार्चदेखि भोकमरी र कुपोषणसँग सम्बन्धित मृत्युको कुल संख्या १०१ पुगेको छ । जसमा ८० बालबालिका पनि समावेश छन् ।

इजरायलले मार्च १८ मा एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेदेखि कम्तिमा ८ हजार २ सय ६८ प्यालेस्टिनीहरू मारिएका छन्। ३० हजार ४ सय ७० जना घाइते भएका छन्। जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५९ हजार १ सय ६ पुगेको छ।