बंगलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा मर्नेको सङ्ख्या २० पुगेको छ ।
सो दुर्घटनामा १७० जना घाइते भएका छन् । एयर फोर्सको ट्रेनिङ जेट बंगलादेशको स्कुल क्याम्पसको हातमा विस्फोट भएको हो । उत्तरामा रहेको माइल स्टोन स्कुल एन्ड कलेजबाट लिइएको फुटेजमा धुवाँको बाक्लो मुस्लो उडेको देखिन्छ ।
५० भन्दा बढी घाइतेलाई बलिरहेकै अवस्थामा अस्पतालमा लगिएको छ। मर्नेमध्ये धेरै जना विद्यार्थी छन्। उनीहरू विद्यालय छुटेर घर फर्कने क्रममा थिए । घाइतेमध्ये १७ जना बालबालिका छन् । विद्यालयमा चारदेखि १८ वर्षसम्मका बालबालिका अध्ययनरत छन् ।
सैन्य प्रशासनबाट जारी विज्ञप्ति अनुसार मोहम्मद ताउकिर इस्लामले उडान भरेका थिए । उनले कम जनघनत्व भएको स्थान छानेर अभ्यास गरिरहेको समयमा विमानमा समस्या भएको हो।घटनाको छानबिन गर्न समिति बनाइएको छ ।
उत्तर आधुनिक मेडिकल कलेज अस्पतालले दिएको जानकारी अनुसार घाइतेमध्ये धेरै जना १० देखि १५ वर्षका बालबालिका छन्। उनीहरू जेटमा इन्धन बल्न थालेपछि घाइते भएका हुन्।





