नेपाललाई आइसिसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड

नेपालले आइसिसी को ग्लोबल अवार्ड अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेको छ ।

सिङ्गापुरमा शनिबार भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो । नेपालले लगातार दोस्रो पटक यस अवार्ड जितेको  हो ।

सम्मेलनमा भाग लिन जानुभएका नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले अवार्ड ग्रहण गर्नुभयो ।

आइसिसीले यसअघि नै नेपाललाई एसियाली क्षेत्रको विजेताका रुपमा ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’  अवार्डको मनोनयनमा पारेको थियो । 

यस अवार्डको मनोनयनमा नेपालसँगै अफ्रिकन क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया प्रशान्त क्षेत्रबाट इन्डोनेसिया परेका थिए ।