एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता घोषणा

Madhab Bamdev4 768x411 1

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच एकता भएको छ । आज (शुक्रबार) दुई पार्टीबीच राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा एकता घोषणा भएको हो ।

नेकपा एकता राष्ट्रिय एकता अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए । उनले पार्टी एकता हुँदा ज्यादै खुसी लागेको बताए ।

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले अहिले कम्युनिष्ट पार्टीमा व्यक्तिवादी रोग देखा परेको बताए । उनले आफूहरु सबै सही बाटोमा लागुन् भन्ने चाहना राखेको बताए । उनले अहिलेको अवस्थामा एमालेसँग भने एकताको कुनै सम्भावना नरहेको बताए ।

त्यस्तै, एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनालले दम्भ र घमण्ड छाडेको खण्डमा वामपन्थी एकता हुनसक्ने बताए । उनले आ–आफ्ना स्वार्थ र घमण्ड त्याग्ने हो भने अहिले नै वामपन्थीहरुको सरकार बन्ने सम्भावना रहेको बताए ।

‘कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने अहिले पनि संसद्मा हामी १३२ भन्दा बढी सिटमा छौं । एकआपसमा राम्रो समझारी हुने हो भने अहिले पनि वामपन्थी सरकार यो देशमा बन्न सक्छ । तर, जुन प्रकारले दम्भ, घमण्ड, आत्मकेन्द्रीत चिन्तन भएका मानिसहरुले कतिपय वामपन्थी समूहहरुको नेतृत्व गरिराखेका छन्,’– उनले भने ।

साथै, एकीकृत समाजवादीको महासचिव घनश्याम भुसालले सही विचार, नीति, सिद्धान्तको आधारमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाएर छाड्छौं, बलियो बनाउँछौं, निर्णायक शक्तिको रुपमा उठाउँछौं भन्ने आफूहरुको संकल्प रहेको बताए ।

एकीकृत समाजवादीमा गौतमलाई तेस्रो वरियता दिइएको छ । पहिलो वरियतामा अध्यक्ष माधव कुमार नेपाल र दोस्रो वरियतामा सम्मानित नेता खनाल रहेका छन् ।

समन्धित समाचार