राप्रपाका उपाध्यक्ष गिरी पदमुक्त

media1752836098

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई शुक्रबार उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदबाट पदमुक्त गरेका छन्।

यसको जानकारी राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले एक विज्ञप्तिमार्फत गराएका हुन्।

बिहीबार राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे, अर्का उपाध्यक्ष गिरी, महामन्त्रीद्वय धवलशमशेर राणा र कुन्ती शाहीले अध्यक्ष लिङ्देनले पार्टीभित्र स्वेच्छाचारिताको अभ्यास गरेको सार्वजनिक रूपमा आरोप लगाएका थिए।

समन्धित समाचार