काभा च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी सुरूवात

काभा च्याम्पियन्स लिगमा नेपालको हेल्प नेपालले विजयी सुरुवात गरेको छ ।

हेल्प नेपालले आइतबार राति भएको खेलमा घरेलु टोली माल्दिभ्सको धिवेही सिफान क्लबलाई पराजित गर्‍यो। हेल्प नेपालले ३–२ को सेटमा जित निकालेको हो ।

हेल्प नेपालले पहिलो सेट ३३–३१ र दोस्रो सेट २५–२० ले जित्यो। तर तेस्रो सेट २२–२५ र चौथो २०–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा पुगेको थियो। पाँचौ सेटमा  १५–८ जित निकाल्दै विजयी सुरुवात गर्‍यो।