श्रीलंकाविरुद्ध नेपालको ७-० को जित

नेपाल श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको खेलमा नेपालले श्रीलंकालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि कुसुम खतिवडा र समिक्षा मगरले २-२ गोल गरे भने पुर्णिमा राई, बिर्साना चौधरी र सरिता कुमारीले एक एक गोल गरेका थिए ।

जारी च्याम्पियनसिपमा नेपालको यो चार खेलमा तेस्रो जित हो । यस अघि नेपालले श्रीलंकालाई ७-० गोल अन्तरमै पराजित गरेको थियो । त्यस्तै भुटानलाई ६-१ ले पराजित गरेको थियो भने बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको थियो ।

यो जितपछि नेपालले ४ खेलमा ९ अंक भएको छ र बंगलादेशको पनि ३ खेलमा ९ अंक रहेको छ । त्यसैगरी श्रीलंकाले भने प्रतियोगितामा लगातार चौथो हार बेहोरेको छ ।