काठमाडौं-नेपाली बजारमा आज नेपाली बजारमा सुनको भाउ तीन सय रुपैयाँले वृद्धी भएको छ । गत आइतबार बजारमा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ३०० रुपैयाँले बढ्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै आज यता चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले नै वृद्धि हुँदै सोमबार ९० हजार एक सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।