हाल देशभर मनसुनी वायुको प्रभाव तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णालीका एक / दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक / दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ ।
कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, बाग्मती र गण्डकी प्रदेशका एक / दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।




