प्रधानमन्त्रीले बालुवाटारमै त्रिविसभाको बैठक बोलाएपछि नेविसंघको आपत्ति

त्रिभुवन विश्वविद्यालयको बैठक  प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघले आपत्ति जनाएको छ ।

विद्यार्थीको सहभागिताविनै सिनेट बैठक बालुवाटारमा बोलाइएको नेविसंघको भनाइ छ । प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले भनेको छ– विद्यार्थीको सहभागिता बिना हुने कुनैपनि निर्णय विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान हो । यसले विश्वविद्यालयमा लोकतान्त्रिक मूल्य र विधिको खिल्ली उडाएको छ ।

असार २६ गते बालुवाटारमा तय गरिएको सिनेट बैठकमा विधिवत् निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई सहभागी नगराइएको भन्दै संघले बैठकलाई अमान्य ठहर गर्दै तत्काल निर्णय सच्याउन आग्रह गरेको छ ।