कांग्रेस नेता कोइराला समूहको बैठक बस्दै

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् ।

बैठक बिहान ८ बजे कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बस्नेछ ।बैठकमा पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।