नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले रास्वपाको हस्ताक्षर अभियानप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा आफ्नो धारणा राख्दै उनले यस्तो अभियानप्रति आपत्ति जनाएका हुन् ।
“सभामुख महोदय, एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ, २०८२ साल असार ७ गते नै भैरहवा कारागारमा पुर्पक्षमा रहेका एकजना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ । मैले त्यसलाई याचनापत्र भनेको छु । अहिले त्यसकै आधारमा हस्ताक्षर अभियान जारी छ,” उनले भने, “अहिले अदालतमा मुद्दा चलिरहेको छ । त्यसका विरुद्ध हस्ताक्षर भइरहेको छ । यो राजनीति हो । राजनीतिक रोटी सेक्ने उपक्रम हो ।”
उनले हस्ताक्षरको संख्या हेरेर निर्णय नगर्ने बताउँदै यो अदालतप्रतिको दबाब भएको बताए ।