कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने

7 1

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजपनि बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ ।

यही असार १६ गते सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यहरू, कोषाध्यक्ष तथा सहमहामन्त्रीहरूले आफ्नो धारणा राखिसकेका छन् । बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेस भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ ।

आजको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले धारणा राख्ने छन् ।बैठकको अन्त्यमा सभापति शेरबहादुर देउवाले सम्बोधन गरेसँगै आवश्यक निर्णयसहित बैठक सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।

समन्धित समाचार