राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिँदै

Arun Chaudhary 768x512 1

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिँदै छन्।

नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्। मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने स्रोतको दाबी छ ।

शनिबार बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

शुक्रबार सो पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्ना सांसदहरूको बेइज्जती भएको र सांसदको बेइज्जती पार्टीको हुने भन्दै पार्टीप्रति जनताको विश्वासको अवमूल्यन भएको आरोप लगाएकी थिइन् । उनले अब आफूहरू सदनमा दृढताका साथ प्रतिपक्षको भूमिकामा उभिने समेत बताएकी थिइन् ।

समन्धित समाचार