नेकपा एमालेका सचिव रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वर्तमान सत्ता गठबन्धन तोड्न लागि परेको आरोप लगाएका छन् ।
आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले वर्तमान सत्ता गठबन्धन तोड्न राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा प्रयास भइरहेको बताएका हुन् ।
‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्नलाई प्रयास भइरहेको छ । जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरिरहनुभएको छ’ उनले भने, ‘उहाँलाई यसमा सहयोग गर्ने धेरै स्वतन्त्र पार्टीहरू पनि छन् । स्वतन्त्र सांसदहरू पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत पनि छन् ।’