नेपालले आज उज्बेकिस्तानसँग खेल्दै 

27

एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ।

तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९ः१५ मा सुरु हुनेछ। समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ।

नेपाल २६ वर्षपछि एसियन कप खेल्न चाहन्छ भने २२ वर्षपश्चात एसियन कपमा स्थान बनाउन चाहन्छ। नेपालले हालसम्म तीनपटक मात्रै एसियन कप खेलेको छ। नेपालले सन् १९८६ सन् १९८९ र १९९९ मा एसियन कप खेलेको थियो।उज्बेकिस्तानले हालसम्म पाँच पटक एसियन कप खेलेको छ।

पहिलो पटक १९९५ मा एसियन कप खेलेको जुबेकिस्तानले १९९७, १९९९, २००१ र २००३ मा एसियन कप खेलेको थियो। फिफा वरियतामा नेपाल १०० औँ स्थानमा रहेको छ भने उज्बेकिस्तान ५१ औं स्थानमा रहेको छ। 

समन्धित समाचार