सुनचाँदी व्यवसायीहरूको आन्दोलन आजपनि जारी

18

सुनचाँदी व्यवसायीहरू आजपनि आन्दोलनमा उत्रिएका छन् । आज (शुक्रबार) नेपाल सुन चाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको अगुवाइमा व्यवसायीहरूले बृहत्त र्याली निकालेका हुन् ।

विभिन्न चोकबाट निकालिएको र्याली माईतीघरमा जम्मा भई नयाँ बानेश्वरसम्म पुर्याउने भनिएको छ । सरकारले ल्याएको बजेटमा २ प्रतिशत विलासिता कर तथा रत्न र पत्थरमा १३ प्रतिशत कर लगाएको छ। व्यवसायीहरुले यो करको विरोध गरेका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले भने यो कर लगाउनु सरकारको बाध्यता भएको भन्दै करको बचाउ गरेका छन् । देशलाई एफएटिएफको ग्रे–लिष्टबाट बाहिर निकाल्नको लागि सरकारले सबैखाले कदम चाल्नुपर्ने अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

समन्धित समाचार