फैलिदै कोरोना : देशभर ३५ जनामा सङ्क्रमण पुष्टि,एकको मृत्यु

14

पछिल्लो एक सातामा देशभर ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको पाइएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडीले सार्वजनिक गरेको आँकडाअनुसार ४ प्रदेशमा एक सातामा ३५ जना कोरोना सङ्क्रमित भएका हुन् ।

सबैभन्दा बढी बागमती प्रदेशमा २६ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । त्यस्तै कोशी प्रदेशमा ४, मधेस प्रदेशमा ३ र गण्डकी प्रदेशमा २ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस अवधि एक जनाको कोभिड—१९ बाट मृत्यु भएको छ ।

समन्धित समाचार