भारतको हिमाचल प्रदेशमा भारी वर्षा, ३० जनाको मृत्यु, ३४ बेपत्ता

7

भारतको हिमाचल प्रदेशमा भारी वर्षापछि आएको बाढी पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता भएका छन् ।

हिमाचल प्रदेशको विपद् व्यवस्थापन तथा राजस्व विभागका विशेष सचिव डीसी राणाले वर्षाका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको र ३४ जना बेपत्ता रहेको जनाएका छन्।

हिमाचल प्रदेशको मन्डी क्षेत्रमा भारी वर्षाका कारण ब्यास नदीमा बाढी आएको छ। 

समन्धित समाचार