पेट्रोलियम पदार्थको मूल्यवृद्धि : पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पुग्यो

petrol pump

काठमाडौँ — नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ। निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको छ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ। यस्तै मट्टितेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि गरिँदा ती दुबैको मूल्य १४९ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

नेपाल आयल निगमका अनुसार भारतीय आयल निगम (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा यहाँ मूल्य समायोजन गरिएको हो।

यससँगै हवाई इन्धनतर्फ पनि मूल्यवृद्धि भएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्यभारका कारण यातायातदेखि उद्योगसम्मको लागत बढ्ने भन्दै सर्वसाधारणले चिन्ता व्यक्त गर्दै आएका छन्। निगमले भने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण यहाँ समायोजन गर्नु परेको तर्क गरेको छ।

समन्धित समाचार