जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बर्दियाकी समानुपातिक सांसद रायमाझीविरूद्ध जिल्ला अदालत पर्साले जेठ १६ गते नै पक्राउ पुर्जी जारी गरेको हो ।
उनीविरूद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।
३ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको कसुरमा उनीविरूद्ध पुर्जी आएको पर्सा प्रहरी स्रोतले बतायो।