पाकिस्तान सरकारले २०२६ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मनोनित

124

पाकिस्तान सरकारले २०२६ को नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मनोनित गरेको छ ।

पाकिस्तानले भारत–पाकिस्तान युद्धको समयमा ट्रम्पको कूटनीतिक पहल र मध्यस्थताले युद्ध रोक्न ठूलो मद्दत गरेको बताएको छ।पाकिस्तानी सरकारले आफ्नो आधिकारिक विज्ञप्तिमा भनेको छ कि ट्रम्पले नयाँ दिल्ली र इस्लामाबाद दुवैसँग कुराकानी गरेर युद्धविराममा महत्त्वपूर्ण भूमिका खेले ।

यसले दुई आणविक शक्तिहरूबीचको युद्धको सम्भावनालाई टारेको छ।साथै, पाकिस्तानले कश्मीर मुद्दामा ट्रम्पको मध्यस्थताको प्रस्तावको पनि प्रशंसा गर्‍यो र भन्यो कि कश्मीर समाधान नभएसम्म यस क्षेत्रमा स्थायी शान्ति हुन सक्दैन।

यसअघि बुधबार ट्रम्पले ह्वाइट हाउसको बन्द कोठामा पाकिस्तानी सेना प्रमुख जनरल असीम मुनीरलाई भेटेका थिए। दुवैले ह्वाइट हाउसको क्याबिनेट रुममा सँगै खाना खाएका थिए ।

यो पहिलोपटक अमेरिकी राष्ट्रपतिले पाकिस्तानका सेना प्रमुखलाई आतिथ्य गरेको थियो।नोबेल पुरस्कार २०२६ को लागि आधिकारिक दर्ता सेप्टेम्बरमा शुरू हुनेछ। यद्यपि, अन्तिम मिति अझै घोषणा गरिएको छैन। 

समन्धित समाचार