रास्वपाको प्रवक्तामा मनिष झा, कविन्द्र बुर्लाकोटी महामन्त्री नियुक्त

122

रास्वपाले कार्यवाहकलाई नै प्रवक्ता र महामन्त्री बनाएको छ । यसअघि कार्यवाहक महामन्त्री रहेका कविन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएको छ भने कार्यवाहक प्रवक्ता रहेका मनिष झालाई नै प्रवक्ता बनाएको छ । आज बसेको पार्टीको बैठकले बुर्लाकोटी र झालाई पूर्ण जिम्मेवारी दिएको हो ।

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए । निर्वाचन आयोगले रास्वपाका संस्थापक महामन्त्री डा.मुकुल ढकाललाई महामन्त्रीमै रहेको पत्र दिएको भोलिपल्ट रास्वपाले यस्तो निर्णय गरेको हो । 

समन्धित समाचार