आजको मौसम: भारी वर्षाको सम्भावना

903 1

हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ ।

साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको  छ । भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, मधेस, बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक / दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक / दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

कोशी र मधेस प्रदेशका तराईका भू-भागहरूका थोरै स्थानहरूमा हवाहरिको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । देशको पहाडी भू-भागको केही स्थानहरूमा तथा बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक / दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

समन्धित समाचार