चितवन मेघौलीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

gaidakot

चितवन- चितवन जिल्लाको भरतपुर महानगरपालिका-२८ मेघौलीस्थित सेराइ होटल नजिकको राप्ती खोलामा माछा मार्न गएका एक पुरुषलाई गैँडाले आक्रमण गर्दा मृत्यु भएको छ ।

आईतवार साँझ करिब ७ बजे ६० वर्षीय जंगे कुमाललाई गैँडाले आक्रमण गरेको थियो । घाइते अवस्थामा रहेका कुमाललाई तत्कालै मेघौली सेराई र प्रहरी टोलीको सहयोगमा उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो । तर, उपचारको क्रममा राति ९:०५ बजे को समयमा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी सहायक निरीक्षक विनोद अधिकारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

समन्धित समाचार