गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्टीकरण दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो यस प्रकरणमा संलग्नता हुनै नसक्ने जिकिर गरे । उनले भने, ‘मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ । जसको म खेद व्यक्त गर्छु ।’