सेतो पुतली निकै घातक हुन्छ भन्दै मदाने गाउँपालिकाले सावधानी अपनाउन गर्यो अनुरोध

seto putalii.jpgaaa

गुल्मी । आँखामा गम्भिर प्रकृतिको रोग फैलाउने सेतो पुतलीको प्रकोप बढ्न थालेको छ । देशभरका विभिन्न स्थानमा यो प्रकोप बढ्न थालेका बेला मदाने गाउँपालिका पुर्कोट दह, गुल्मीले स्थानीयलाई सर्तक रहन अनुरोध गरेको छ ।

मदाने गाउँपालिकाले शुक्रबार एक सुचना जारी गर्दै यस पुतलीको प्रकोप बाट आखाँ सम्बन्धी गम्भीर किसिमका रोगहरु फैलने र आँखाको ज्योती समेत गुम्ने खतरा रहेको जानकारी गराउदै सर्तकता अपनाउन समेत अपिल गरेको हो ।

सेतो पुतलीका कारण आखाँको ज्योति गुम्न सक्ने भन्दै गाउँपालिकाले तत्काल सावधानी अपनाउन पहल थालेको हो । यो पु्तलीको असरले ‘सापु’ नामको रोग लाग्छ ।

यो पुतली शरीरको कुनै भागमा सम्पर्कमा आउनेवित्तिकै उक्त भागमा चिलाउने मात्र नभई यो पुतलीको आगमनको साथै आँखामा एक प्रकारको रोग पनि देखापर्ने गरेको छ ।

जसको कारण आँखा सुख्खा हुन गई रोग लागेको केही दिनमै निको नहुनेगरी आँखाको दृष्टि समेत गुम्न सक्छ । चिकित्सकका अनुसार यो रोग निकै घातक सावित भइसकेको छ । खासमा साँझपख बिजुलीबत्तीको वरपर देखिने यो पुतली निकै खतरनाक हुने गरेको पाइएको छ ।

समन्धित समाचार