दुर्गा प्रसाईँसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो

107 1

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ । गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि उनीहरू पक्राउ परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले  उनीहरू सबैलाई शुक्रबार डिल्लीबजार कारागार पठाइएको जानकारी दिए ।

एसपी बोहराका अनुसार प्रसाईँसहित कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेतलाई डिल्लीबजार कारागार पठाइएको हो ।

बिहीबार राति  काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईँसहितका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

समन्धित समाचार