गत चैत १५ गते काठमाडौंको तीनकुने भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका दुर्गा प्रसाईंसहित अरू ७ जनालाई अदालतले थुनामा पठाउन आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति प्रसाईंसहित अरू ७ जनालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।
अदालतले प्रसाईंसहित, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङलाई थुनामा पठाउन आदेश गरेको छ। उनीहरु आगजनी र पत्रकार सुरेश रजकको हत्यामा संलग्न आरोपीहरू सहित छन्।
अदालतले अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ। उनीहरुसँग १० हजारदेखि १ लाखसम्म धरौटी माग गरिएको छ।
त्यस्तै धरौटीमा छुट्ने ३२ जनाको विवरण यस्तो छ ।
हरिहर चौलागाईं : १ लाख धरौटी
सन्तोष कुमार सिलवाल : १ लाख धरौटी
भिम भन्ने हेमराज थारु : १ लाख धरौटी
गोपाल मल्ल ठकुरी : २० हजार धरौटी
पशुपति खड्का : १० हजार धरौटी
बिष्णु पराजुली : १० हजार धरौटी
पुस्कर खतिवडा : २० हजार धरौटी
मुनिन्द्र राजभण्डारी : १० हजार धरौटी
कुमार बस्नेत : २० हजार धरौटी
अनिल कुमार थापा : १० हजार धरौटी
गोपाल भन्ने तारानाथ बोहोरा : १० हजार धरौटी
दानबहादुर न्यौपाने : १० हजार धरौटी
उमेश तामाङ : १० हजार धरौटी
भानुभक्त पौडेल : १० हजार धरौटी
बिष्णुजंग बस्नेत भन्ने बिष्णु बस्नेत : १ लाख धरौटी
देवी प्रसाद संग्रौला : १० हजार धरौटी
प्रेमथापा मगर : १० हजार धरौटी
ओमप्रकाश लुईटेल : १० हजार धरौटी
तेजबहादुर रायमाझी : १० हजार धरौटी
मनबहादुर काला : १० हजार धरौटी
निराजान कुमार गिरि : ५० हजार धरौटी
प्रेधबहादुर श्रेष्ठ : ५० हजार धरौटी
रमेश राई : २० हजार धरौटी
दिवस बोगटी क्षेत्री : १० हजार धरौटी
दिलकुमार श्रेष्ठ : १० हजार धरौटी
कमल कुमार विष्ट : २० हजार धरौटी
लोकबहादुर बस्नेत : २० हजार धरौटी
दिनेश खड्का : ५० हजार धरौटी
अमित शाह : ५० हजार धरौटी
सुमन कार्की : १० हजार धरौटी
जित बहादुर श्रेष्ठ : ५० हजार धरौटी
मनोजकुमार सापकोटा : १० हजार धरौटी