एएफसी एसियन कपमा आज नेपाल र लाओस भिड्दै

5

एएफसी एसियन कप-२०२७ को छनोट अन्तर्गत आज हुने खेलमा नेपाल र लाओस भिड्दैछन ।

लाओसको न्यु लाओस नेशनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ५ः४५ बजे शुरु हुनेछ । नेपाल आज छनोटमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । छनोटमा एक खेल खेलेको नेपाल अंकविहिन रहेको छ । मार्चमा मलेसियाविरुद्ध भएको छनोटको खेलमा नेपाल २-० गोलले पराजित भएको थियो ।


यता लाओस पनि छनोटमा अंकविहीन छ । लाओस पहिलो खेलमा भेतनामसँग ५-० गोलले पराजित भएको थियो । होम एण्ड अवेको आधारमा हुने छनोटको तेस्रो खेलमा नेपालले आगामी अक्टोबर ९ मा भियतनामसँग खेल्ने तालिका रहेको छ । 

समन्धित समाचार