आईसीसी विश्वकपमा नेपालले आज स्कटल्यान्डसँग भिड्दै

105

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट स्टेडियममा हुने नेपाल र घरेलु टिम स्कटल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा सुरु हुनेछ । लिग-२ को आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ । तर, घरेलु टिम स्कटल्यान्ड भने पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने दाउमा हुनेछ ।

यसअघि गत सोमबार पहिलो खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो । त्यसपछि बुधबार दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । 

समन्धित समाचार