बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका-६ मा पर्ने बाम्का बजारमा लागेको आगो अहिले साँझ मात्र नियन्त्रणमा आएको छ ।
आज दिउँसो ग्यासको सिलिण्डर पड्किँदा आगलागी भएको थियो ।
बजारमा सञ्चालित एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीमा १२ वटा भन्दाबढी पसल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिनुभयो ।
आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको बताउँदै उहाँले आगो लाग्नुको कारण भने खुल्न नसकेको उल्लेख गर्नुभयो ।
हावाहुरीका कारण आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।
आगलागीबाट भएको क्षतिको एकिन विवरण भने आइसकेको छैन ।।