गुल्मीकी ३ वर्षिया बालिका आयुशा हराइन्

harayeko e1631441481678

काठमाडौँ । गुल्मी जिल्ला मदाने गाउँ पालिका वडा न २ बाझकटेरी सिरा मुख्य टोलकी बालिका आयुशा पोख्रेल शनिबारदेखि हराएकी छिन् । आमा मनिशा पोख्रेल र बुबा बिष्णु पोख्रेलकी ३ वर्षकी छोरी आयुशा यही भदौ २६ गतेदेखि हराएको परिवारले जनाएको छ । पारिवारिक स्रोतका अनुसार आयुशा २६गतेका दिन बिहान ११ बजे देखि हराएकी हुन् ।

आयुशा सम्पर्कबाहिर गए लगत्तै परिवारले प्रहरी र आफन्तको सहयोगमा खोजीकार्य सुरु गरिसकेको भएता पनि यो समाचार तयार पार्दासम्म उनी सम्पर्कमा आएकी छैनन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार उनी जान सक्ने संभावित स्थानको खोजी भइरहेको छ ।

यदी तपाईले पनि तस्विरमा देखिएकी बालिका आयुशालाई देख्नु भयो भने ९८५७०६७५०९, ९८४७५४४०१०, ९८४७०४११७५ मा सम्पर्क गरिदिन परिवार र प्रशासनले आग्रह गरेको छ ।

harayeko 1

aayusha

समन्धित समाचार