नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् ।
आज जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेकाले कुनै समस्या नरहेको बताउँदै सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने दाबी गरे।
त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको पनि बताए । देउवाले संसद्को गतिरोध अन्त्यका लागि प्रयास भइरहेको पनि जानकारी दिए । उनले राजावादीहरूको आन्दोलन तुहिसकेको समेत जिकिर गरेका छन । कांग्रेस र एमालेको संयुक्त सरकारले ल्याएको बजेट राम्रो र सन्तुलित रहेको पनि उनको भनाइ छ ।