राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अग्नि सापकोटा पक्राउ पर्ने डरले माओवादी केन्द्र संसद् खोल्न तयार भएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन, माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न माओवादी तयार भएको देखिन्छ । गृहमन्त्री रमेश लेखक र नारायणकाजी श्रेष्ठबिच भेटघाट, भिजिट भिसामा गृहमन्त्रीलाई बचाउने । सरकारले माओवादी नेताहरू अग्नि सापकोटा र सांसद सूर्यमान दोङलाई पक्राउ नगर्ने, गृहमन्त्रीको राजीनामाबाट पछाडि हट्यो माओवादी ।’