भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा प्रकरणमा विपक्षीहरुबीच मत बाझिएको छ । माओवादी केन्द्रले गृहमन्त्री लेखकलाई सदनमा बोल्न दिनुपर्ने र छानबिन समिति पनि गठन गर्न नहुने पक्षमा उभिएको छ । यसअघि गृहमन्त्री लेखकको राजीनामा मागेको माओवादी आज लचक भएको छ ।
अख्तियारले छानबिन गरेको विषयमा संसदीय छानबिन समिति बनाउन नहुने माओवादीको अडान छ । तर, रास्वपाले यो विषय भ्रष्टाचारको विषय नभएको र मानव तस्करीको विषय भएकोले छानबिन समिति आवश्यक रहेको निश्कर्ष सुनाएको छ ।
अहिले रास्वपा छुट्टै छलफलमा जुटेको छ । विपक्षीहरु छलफलमा बसेको बेलामा माधव नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको समाचार आउँदा एकछिन सन्नाटा छाएको थियो ।