साताको चौथो कारोबार दिन नेप्से परिसूचक ११.९७ अंकले घटेर २६४६.९५ को अंकको विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएका ३१३ कम्पनीको १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ ।
अरुण कावेली पावरको सबैभन्दा बढी ३६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार हुँदा आज दोस्रोका राधि विद्युत कम्पनीको २९ करोड ८७ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।
ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा दोस्रोमा पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी ६.८२ प्रतिशतका दरले गुमाएका छन् ।