कुनैपनि हालतमा राजीनामा दिन्न: गृहमन्त्री रमेश लेखक

311

गृहमन्त्री रमेश लेखकले सदनमा बोल्नको लागि समय मागेका छन् । उनले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान दोहोर्याएका छन् । आज (बुधबार) बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो अडान सुनाएका हुन् ।

समितिको बैठकमा भिजिट भिसा प्रकरणको विषयमा गृहमन्त्रीको राजीनामाको प्रंसग उठेपछि मन्त्री लेखकले संसदमा आफ्नो कुरा राख्न पाउनुपर्ने बताएका हुन् । उक्त प्रकरणमा समितिमा नै धारणा राख्दा प्रतिनिधिसभाका सबै सांसदहरुको जिज्ञासा नमेटिने भएकोले सदनमा बोल्न पाउनुपर्ने बताएका हुन् । विपक्षीहरुले गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरोध जारी राखेका छन् । उनीहरुले गृहमन्त्रीको राजीनामालाई नै बटमलाईन बनाएका छन् ।

समन्धित समाचार