वर्ल्डकप लिग २ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

12

लिग टुको आफ्नो चौथो चरणको त्रिकोणात्मक सिरिज खेल्न स्कल्याण्ड भ्रमणमा रहेको नेपाली टोलीले सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्दैछ ।

स्कटल्याण्डको डुन्डेमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपाल र नेदरल्याण्ड्सबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुँदैछ ।

पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल जितको लयलाई निरन्तरता दिन चाहान्छ । यस सिरिजको पहिलो खेल खेल्दै गरेको नेदरल्याण्ड्स पनि सुखद सुरुवातको अपेक्षामा छ ।

नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा ५ भेट भएको छ । जसमा नेदरल्याण्ड्स ३ तथा नेपाल २ खेलमा विजयी भएको छ । ८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट प्रतियोगिता समेत हो ।

सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १३ खेलमा ८ अंकका साथ लिगको सातौं स्थानमा छ । भने, नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

लिग टुको चौथो राउण्डमा नेपालको बाँकी खेल तालिका यसप्रकार छ :

१) जेठ २५(जुन ८) गते आइतवार स्कटल्याण्डविरुद्ध
२) जेठ २७(जुन १०) गते मंगलवार नेदरल्याण्ड्सविरुद्ध

लिग टु को खेल पछि असार १(१५ जुन) गते आइतवार बाट नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीचमा त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज हुनेछ ।

नेपाली टोली

रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी

समन्धित समाचार