काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे निलम्बित

7

 काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे निलम्बित भएका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले उनलाई निलम्बन गरेका हुन् ।

महानगर प्रहरी प्रमुख पाण्डले आज आफूलाई ६ महिनाको लागि निलम्बन गरिएको पत्र बुझेका छन् । प्रमुख प्रशासकीय अधिकृत गुरुगाईँलाई महानगरमा जानेक्रममा अवरोध गरेको भन्दै उनीमाथि यसअघि ७ बुँदे स्पष्टीकरण सोधिएको थियो ।

महानगर तीन महिनाभन्दा बढी प्रमुख प्रशासकीय अधिकृतविहीन भएको अवस्थामा महानगरीय प्रहरी बलको अवरोधको वाबजुद कर्मचारी र जनप्रतिनिधिहरुले प्रशासकीय अधिकृत गुरागाइँलाई कार्यलयमा प्रवेश गराएका थिए ।

महानगरप्रमुख बालेन्द्र शाहले कारबाही गरेका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ फेरि महानगरमा फर्किएका थिए । बालेनको निर्देशन पालना गरेका महानगर प्रहरी प्रमुख गुरागाईँ अन्ततः निलम्बनमा परेका छन् । पाण्डे निलम्बनमा परेसँगै निमित्त प्रमुखको जिम्मेवारी महानगर प्रहरी उपरीक्षक (एसपी) विष्णु प्रसाद जोशीलाई दिइएको छ ।

समन्धित समाचार