मयूर यातायातले सेवा दिॅंदा धुलिखेलमा तनाव

"मयूर यातायातले सेवा दिॅंदा धुलिखेलमा तनाव"

काठमाडौं। सरकारसँग सम्झौता भए पनि यातायात सञ्चालन नगरी आम जनतामाथि अन्याय गर्ने यातायात व्यवसायीहरूले मयूर यातायातले प्रदान गर्ने सेवालाई पनि असर पार्ने प्रयास गरेका छन्। काभ्रेको धुलिखेलबाट काठमाडौं रिङरोड जाने मयूर सवारी साधन रोकिएपछि धुलिखेलमा तनाव सिर्जना भएको स्थानीयले बताएका छन्। आगजनीदेखि तोडफोडसम्मका धम्की आएको स्थानीयले बताएका छन्।

मयूर यातायात प्रा. लि.का अध्यक्ष मोहन श्रेष्ठले सेवा बन्द गर्ने धम्की दिइएको र अवरोध गर्ने प्रयास गरिएको बताएका छन् । उनले भने, “हामीले प्रहरीलाई जानकारी गराएका छौं, तर प्रहरीले सुरक्षाको लागि कडा कारबाही गर्न सकेको छैन। मैले सबै चालक र सहचालकहरूलाई जे भए पनि आम जनतालाई सेवा प्रदान गर्न सवारी साधन चलाउन आग्रह गरेको छु। अब हामी सकेसम्म धेरै सवारी साधन सञ्चालन गर्नेछौं।”

काभ्रे जिल्ला प्रहरीले कुना कुनाबाट प्रदर्शनकारीहरू निस्किएका कारण सुरक्षा चुनौती बनेको बताएको छ। प्रहरीले सुरक्षा दिन नसक्ने भने बताएको छैन । प्रहरीले सबैलाई आफ्नो सवारी साधन चलाउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको बताएको छ।

समन्धित समाचार