आईपीएल २०२५ को फाइनलमा आज: उपाधिका लागि पञ्जाब र बेंगलुरु भिड्दै

6

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनलमा आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच भिडन्त हुँदैछ ।

खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः३० बजेदेखि सुरु हुनेछ । १८ वर्षदेखि उपाधिको पर्खाइमा रहेका यी दुई टोलीमध्ये एकले यस पटक नयाँ च्याम्पियनका रूपमा आफूलाई उभ्याउनेछ । जसले गर्दा आईपीएललाई तीन वर्षपछि नयाँ विजेता मिल्नेछ । बेंगलुरु चौथो पटक र पञ्जाब दोस्रो पटक फाइनलमा पुगेका छन । बेंगलुरु यसअघि २००९, २०११ र २०१६ मा फाइनलमा पराजित भएको थियो भने पञ्जाबले २०१४ मा आफ्नो एक मात्र फाइनल गुमाएको थियो। यी दुई टोलीबीचको यो पहिलो फाइनल भेट हुनेछ ।

आईपीएल इतिहासमा पञ्जाब र बेंगलुरुबीच हालसम्म ३६ वटा खेल खेलिएका छन् । जहाँ दुवैले १८/१८ खेल जितेर बराबरीको प्रतिस्पर्धा देखाएका छन । यस सिजनको क्वालिफायर-१ मा पनि यी टोली भिड्दा बेंगलुरुले ८ विकेटले जित हासिल गरेको थियो। यस सिजनमा यी दुई टोलीबीच यो चौथो खेल हुनेछ, जसमध्ये अघिल्ला तीन खेलमा दुईमा बेंगलुरु र एकमा पञ्जाबले जित हात पारेको छ ।

समन्धित समाचार