यातायात व्यवसायीको बन्दका कारण यात्रुहरु प्रभावित – फोटो फिचर

"काठमाडौं- भाडाका सार्वजनिक सवारी साधन नचल्दा बिहानैदेखि बसको प्रतीक्षामा बसेका यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडकमा नीजि सवारी साधन मात्रै चलेका छन् ।"

494818676 1785450668984297 6684816776453685910 n

काठमाडौं- भाडाका सार्वजनिक सवारी साधन नचल्दा बिहानैदेखि बसको प्रतीक्षामा बसेका यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडकमा नीजि सवारी साधन मात्रै चलेका छन् ।

काठमाडौंबाट भक्तपुर आउने तथा पूर्व जाने सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन् । भक्तपुरबाट काठमाडौं जाने कुनै पनि सार्वजनिक यातायात नचल्नाले गन्तव्यमा पुग्नुपर्ने यात्रुहरु अलपत्र परेका छन् ।

494815975 700100506342976 6007147503319623116 n

राइड सेयरिङको नाममा निजी सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिनेगरी ल्याएको नियमावली खारेजीको माग गर्दै विरोधमा उत्रिएका यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन् ।

आजदेखि देशभरका सार्वजनिक यातायात थन्क्याएर यातायात ठप्प पार्ने निर्णय गरिएको सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले विज्ञप्ति मार्फत जनाएको छ ।

सम्बन्धित निकायलाई यथाशीघ्र समस्या समाधान गर्न ध्यानाकर्षण पत्र बुझाउँदा पनि वेवास्ता गरेपछि आन्दोलनमा उत्रनुपरेको समितिको भनाइ छ ।

494886650 1045662340365063 8795218254964007896 n
494814466 1557132615247161 4773142437120543183 n
494817475 1105137034774446 6633161565171886351 n
494815666 733659999348649 8358903422199076676 n
494818716 1782734982456879 5465630835230911068 n

समन्धित समाचार