१८ जेठ, २०८२ मा प्रकाशित
काठमाडौं। राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले १५ जेठदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको छ र ट्राफिक व्यवस्थापन प्रभावित भएको छ। राजतन्त्रवादीहरू हरेक दिन सडकमा भेला भएर प्रदर्शन र कोणसभा गर्ने गरेका छन् l जसका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
समितिले राजतन्त्र पुनर्स्थापना, अनन्त हिन्दू राज्य स्थापना र संघीयताको खारेजीको माग गर्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ। बिहीबार रत्नपार्कमा प्रदर्शन गरेको समितिले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो। शनिबार नारायणहिटी दरबार जाने पूर्वनियोजित कार्यक्रम भए पनि प्रशासनको निषेधाज्ञापछि प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन र नाराबाजीलाई लक्षित गरिएको छ।
आज आइतबार नारायणचौरमा प्रदर्शन गर्ने तयारी भइरहेको छ। दिनप्रतिदिन घट्दो उपस्थिति भए पनि, राजतन्त्रवादीहरूको आन्दोलन जारी रहँदा, मानिसहरूले आन्दोलन ‘प्रगति नभएको’ टिप्पणी गर्न थालेका छन्। यद्यपि, प्रदर्शनकारीहरू त्यो टिप्पणी स्वीकार गर्न तयार छैनन्। आन्दोलनकाहरुले जनताको जीवनमा कुनै प्रभाव नपरेको बताउंछन ।
उनीहरूले आम जनता वा व्यवसायीहरूलाई कुनै असुविधा नपुऱ्याउने तरिकाले विरोध गरिरहेको बताएका छन्। उनीहरूले धेरै सहभागीहरूलाई विरोधमा आमन्त्रित नगरेको बताएका छन् भने हालको विरोध निर्णायक आन्दोलनको लागि पूर्वाभ्यास मात्र हो भन्ने गरेका छन् । ‘अहिले, हामी निर्णायक आन्दोलनको लागि वार्मअप गरिरहेका छौं। हामीले धेरै मानिसहरूलाई आमन्त्रित गरेका छैनौं। समय आएपछि हामी उनीहरूलाई आमन्त्रित गर्नेछौं,’ भन्ने उनीहरुको भनाइ रहेको छ ।