प्रतिनिधिसभाको बैठक भोलि १ बजे सम्मका लागि स्थगित भएको छ ।
गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर प्रतिपक्षी दलको अवरोधका कारण प्रभावित हुँदै आएको बैठक आज पनि नियमित कार्यसुचीमा प्रवेश गर्न सकेन । बैठक सुरु हुन साथ विपक्षीले अवरोध सुरु गरेका थिए । त्यस पछि आधा घण्टाका लागि स्थगित बैठक पटक पटक सरिए पनि संचालन हुन सकेन ।
अनतत् गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अबरोध जारी राख्ने प्रतिपक्षीदलहरुको अडानका बीच सूचना टास गरेर भोलि १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ।