भिजिट भिसा प्रकरणमा आफूमाथि लागेको आरोपबारे प्रष्ट पार्न गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
यसबारे बोल्न उनले संसद्मा समय मागेका छन । तर प्रतिपक्षी दलहरुले उनको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेका छन्। प्रतिनिधि सभाको अवरोध नहटे पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्ने उनको तयारी छ ।
गृहमन्त्री लेखकले संसद्मा बोल्न समय लिए पनि विपक्षीहरुले पदबाट राजीनामा मागेर संसद् अवरोध जारी राखेका छन् ।