गृहमन्त्री लिएर देउवा पुगे बालुवाटार

207

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको लागि उनी बालुवाटार पुगेका हुन् । भिजिट भिसा प्रकरणले सदन अवरोध भएको र गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएपछि पछिल्लो अवस्थाबारे छलफल गर्न सभापति देउवा बालुवाटार गएका हुन् ।

उनीसँगै गृहमन्त्री लेखकपनि बालुवाटारमा छन् । कांग्रेसकै शीर्ष नेताहरुले यो प्रकरणमा लेखकको राजीनामा मागेका छन् । शेखर कोइराला, सुनिल शर्मा, राजेन्द्र बजगाईंलगायतका नेताहरुले नै गृहमन्त्री लेखकको राजीनामा मागेपछि सभापति देउवापनि दबाबमा छन् । विपक्षीहरुले गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् । उनीहरुले आजको सदनपनि अवरोध जारी राख्ने भनिसकेका छन् । 

समन्धित समाचार