जाजरकोटमा ४.३ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

earthquake frequency jajrkot

१२ जेठ, काठमाडौं |
जाजरकोट जिल्लाको रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार दिउँसो २ बजेर २५ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामीडाँडा क्षेत्रमा रहेको थियो।

स्थानीयवासीमा त्रास

भूकम्पको धक्का महसुस गरेपछि स्थानीयवासी केहीबेर त्रसित बनेका थिए। यद्यपि प्रारम्भिक विवरण अनुसार भौतिक वा मानवीय क्षतिको कुनै ठोस विवरण आएको छैन

गएको कार्तिकमा गएको शक्तिशाली भूकम्पबाट जाजरकोट जिल्लाले ठूलो क्षति व्यहोरेको थियो, त्यसैले पुनः भूकम्पको धक्का महसुस हुँदा स्थानीयवासी डराएका छन्।

निगरानी जारी

भूकम्पपछिको अवस्था बुझ्न स्थानीय प्रशासन र सम्बन्धित निकायहरू निगरानीमा जुटेका छन्
राष्ट्रिय भूकम्प मापन केन्द्रले सावधानी अपनाउन र आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ।


JajarkotEarthquake #NepalEarthquake #EarthquakeToday #SeismicActivity #JajarkotNews #NaturalDisasterNepal #भूकम्प

समन्धित समाचार